लकडाउनको एकान्तमा जब आफैं उघ्रियो मनको बन्द दैलो

देखापढी

काठमाडौँ

अंखियाँ रञ्जन

जब यो शुरू भयो, संसारैभरि सन्त्रास बढ्न थाल्यो। नोबल कोरोना भाइरसले दुई गुना, तीन गुना, धेरै गुनाले मानिसहरूलाई संक्रमित बनाइरहेथ्यो।

तर, अहिले दिनप्रतिदिन समाचार हेर्दा र पढ्दापढ्दा सहानुभूति र बेचैनी धुमिल हुँदै गएको छ। यस्तो अवस्थालाई करुणा क्लान्ति (कम्प्यासन फ्याटिग) भनिन्छ। उस्तै खाले समाचार दिनभरि र हरेक दिन हेर्दाहेर्दै विकास हुने अवस्था हो यो जहाँ अरूको दुःखप्रति उदासी सिर्जना हुन्छ।

परिणामस्वरूप, महामारीको शुरूमा गरिने मृत्यु, संक्रमण, गलत समाचार आदिबारे जसरी कुरा गरिन्थ्यो त्यसरी गर्न कम हुँदै जान्छ। हामी यो संकट तत्कालै सकिनेछैन भन्ने बोध गर्न थाल्छौं।

लकडाउनका कारण दैनिक धपेडीबाट मुक्त भएर परिवार र आफ्नो रूचिको लागि समय जुटाउन पायौं भनेर खुशी भए पनि यसले हामीलाई सधैँ भागिरहेका विषयसँग सामना गर्न पन बाध्य पारेको छ। लकडाउनका कारण हामी त्यस्ता विचार सामना गर्न बाध्य भएका छौं जसलाई ध्यान दिने समय नै पाउँदैनथ्यौं वा बेवास्ता गर्थ्यौँ।

प्रकाशित मिति: : 2020-04-27 08:42:10

प्रतिकृया दिनुहोस्