घर बिर्सेर एक महीनादेखि अस्पतालमा सेवा गरिरहेछन् यी तन्नेरी (भिडिओसहित)

देखापढी

भक्तपुर

अनिता भेट्‌वाल

२०७४ सालको दशैंताकाको घटना। दशैं मनाउन काठमाडौंबाट बेसीशहर जाने क्रममा सडकमा ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बने, राजेश गाईजु।

उनी उद्धार तथा विपत व्यवस्थापनको तालिमप्राप्त थिए। तैपनि बेवास्ता गरेकोमा बेसीशहर पुगेपछि उनलाई पछुतो लाग्यो। त्यहीबेला उनले प्रण गरे- ‘अब म कुनै पनि हालतमा आवश्यक सबैलाई उद्धार र सहयोग गर्छु।’

त्यो प्रण कोभिड–१९ को सन्त्रासपूर्ण क्षणमा पनि कायम छ। महिना दिनदेखि उनीसहितका चार युवा भक्तपुर अस्पतालको प्रांगणमा टेन्ट टाँगेर कोरोना संक्रमणका शंकास्पद बिरामीको उद्धार र सहयोगमा जुटिरहेका छन्। यी युवाको समहूको नाम हो- ‘आरएनए-१६’ (सेफ्टी रेस्क्यु अवेरनेस)।

८ सदस्यीय यो समूहबाट अहिले खटिइरहेका युवा हुन्– अरुण सैंजु, न्हुज किजू, पुनम कर्माचार्य र राजेश गाईजु।

प्रकाशित मिति: : 2020-04-28 10:15:46

प्रतिकृया दिनुहोस्