बिएल संवाददाता
चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा मोबाइल नेटवर्कको नयाँ टेक्नोलोजी ५-जी अपरेसन सुरू गरेको छ।
बिहीबार मध्यान्ह तिब्बततर्फबाट ६ हजार पाँच सय मिटरको उचाइमा ५-जी डाटाबेस खडा गरिएको चाइना डेलीले जनाएकाे छ। चाइना मोबाइल र हुवावेई कम्पनीले संयुक्त रूपमा ५-जी जडान गरेपछि अब सगरमाथा क्षेत्रमा नेटवर्क सुविधा उपलब्ध हुनेछ।
गत अप्रिलदेखि चीनले सगरमाथा बेसमा फोरजी र फाइभजी स्थापनाका लागि प्रयास गरिरहेको थियो।
राष्ट्रिय प्राकृतिक संरक्षण र सगरमाथा आधार क्षेत्रमा ठूलो किसिमका निर्माण सामग्री प्रतिबन्धित रहेकाले चाइना युनिकमले १० जना निर्माणकर्मीमार्फत् अप्टिकल केबल, एन्टेना, सम्बन्धित अन्य सामग्रीहरू ५ हजारभन्दा माथिको उचाइमा बोकेर पुर्याएको थियो।
यस्तै चीनले बिहीबारदेखि सगरमाथाको मापन सुरू गरेको छ। तिब्बत स्वशासित क्षेत्रमा पर्ने सगरमाथा मापनका लागि चिनियाँ टोली त्यसतर्फ खटाइएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया