कसरी प्रयोग गर्ने पुदिना ?

नेपालन्यूज

काठमाडौँ

डा. रामदेव पण्डित

वसन्त ऋतुको आगमनसँगै वनस्पतीहरुमा हरीयाली छाउँछ । घरवरिपरी झारपातहरु जताततै उम्रिन्छ । त्यहीँ झारपातहरुकै माझमा हल्लक हुर्किने हरियो वर्णको वनस्पिति हो पुदिना । सामान्यतः यसलाई कसैले खेती गरेको पाईदैन । उपयुक्त वातावरणमा यो आफै उम्रिएको पाईन्छ । तर यसलाई चिन्न नसक्दा, यसको औषधीय फाईदाहरुको बारे नजान्दा र प्रयोग गर्ने विधिहरु थाहा नपाएर घरवरिपरी कै प्रभावकारी जडुबुटी पुदिना त्यसै खेर गईरहेको हुन्छ ।

तुलसीकै जातमा पर्ने पुदिनालाई संस्कृतमा पूतिहा र हिंन्दीमा पुदिना भनिन्छ । पुदिनाको वैज्ञानिक नाम मेन्था स्पाईकेटा हो । अंग्रेजीमा पुदिनालाई नै स्पियर मिन्ट वा गार्डेन मिन्ट भनिन्छ । पुदिनाको अन्य प्रजाती पनि हुन्छन् । मेन्था पिपरिटाबाट पिपरमिन्ट निकालिन्छ ।

प्रकाशित मिति: : 2020-05-03 07:48:14

प्रतिकृया दिनुहोस्