थोरै मिहिनेतले कौसी र छत नै बन्‍नसक्छ करेसाबारी

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

बरण्डा, कौसी र छत। जता हेरे पनि हरियाली। जता पनि तरकारी फलेका। कुनै करेसाबारीमै पुगेजस्तो हुने।

काठमाडौं-१९ चागलका ५४ वर्षीय शेषनारायण महर्जनले घरलाई नै करेसाबारी बनाएका छन्। एक दशक भयो, उनले छत र कौसीमा तरकारी खेती गर्दै आएको।  

शेषनारायणले विभिन्न संघ संस्थामार्फत् तरकारी खेतीबारे तालिम लिएका थिए। त्यही तालिमको सदुपयोग गर्दै उनले आफ्नै घरलाई करेसाबारी बनाए।

उनको करेसाबारीमा अहिले ५० भन्दा बढी प्रजातिका तरकारी तथा सागपात लगाइएको छ। नेपालमा उत्पादन हुनेदेखि विदेशबाट आयात गरिनेसम्मका तरकारी उनको करेसाबारीमा फल्छन्।

प्रकाशित मिति: : 2020-05-04 08:34:31

प्रतिकृया दिनुहोस्