बुद्धजयन्तीमा चकमन्न स्वयम्भु परिसर (फाेटाेफिचर)

आज २५६४औँ बुद्ध जयन्ती । कोरोना भाइरसको महामारी र लकडाउनका कारण देशभर कुनै औपचारिक कार्यक्रम आयोजना भएन।
लकडाउनका कारण यो वर्ष बुद्ध जयन्तीका विविध वार्षिक कार्यक्रम प्रभावित भएको हो। 

यद्यपी सरकारले यस अवसरमा सार्वजनिक विदा घोषणा गर्‍यो। साँझ ७ बजे घरघरमा दीप प्रज्वलन समेत गरिएको छ।

राजधानीको बौद्ध र स्वयम्भुस्थित स्तुपामा शान्तिका प्रतिक परेवालाई खानेकुरा दिई सीमित लामा भिक्षुले पूजापाठ गरे। साथै साँझ सात बजेपछि दीप प्रज्वलन गरिएको छ। स्तुपामा रङ लगाई सामान्य सजावट मात्र गरिएको थियो।

सरकारले यसअघि नेपाल भ्रमण वर्ष घोषणा गरी वुद्ध जयन्तीमा लुम्बिनीमा अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको कार्यक्रम राखेको थियो । तर उक्त सम्मेलन कोरोना महामारीकै कारण स्थगित हुन पुग्यो ।

कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप बाल्न सरकारले आह्वान गरेको थियो।

काठमाडौं उपत्यकाको स्वयम्भूनाथसहित सरकारको आह्वानमा देशका धेरै ठाउँमा घरमा र सार्वजनिक स्थलमा पनि दीप बालिएको छ।  वुद्ध जयन्तीमा हरेक वर्ष पूजाआजा र प्रार्थना हुने स्वयंम्भूमा साँझ दीप मात्र बालिएको हो।

हेर्नुहोस् तस्वीरहरू

प्रकाशित मिति: : 2020-05-07 21:26:48

प्रतिकृया दिनुहोस्