बिएल संवाददाता
नेपाल पत्रकार महासंघले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको प्रति आपत्ति जनाएको छ।
महासंघले एक विज्ञप्ति निकाल्दै कारोना सङ्क्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहमा पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको पाइएको भन्दै यो काम तत्काल रोक्न आग्रह गरेको हो।
‘कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने भएकाले सङ्क्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सूचना प्रवाह गर्न अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघले आग्रह गर्दछ,’विज्ञप्तिमा भनिएको छ।
महासंघले यो क्रम नरोकिए कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ।
अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानलाई राहत र सहुलियत उपलब्ध गराउन तथा प्रेसको दुरुपयोग गरी सवारीसाधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्तिमाथि छानविन गरि दोषीलाई कारबाही गर्नपनि माग गरिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया