बिएल संवाददाता
नेपाल पत्रकार महासंघले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको प्रति आपत्ति जनाएको छ।
महासंघले एक विज्ञप्ति निकाल्दै कारोना सङ्क्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहमा पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको पाइएको भन्दै यो काम तत्काल रोक्न आग्रह गरेको हो।
‘कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने भएकाले सङ्क्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सूचना प्रवाह गर्न अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघले आग्रह गर्दछ,’विज्ञप्तिमा भनिएको छ।
महासंघले यो क्रम नरोकिए कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ।
अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानलाई राहत र सहुलियत उपलब्ध गराउन तथा प्रेसको दुरुपयोग गरी सवारीसाधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्तिमाथि छानविन गरि दोषीलाई कारबाही गर्नपनि माग गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया