बीसीसीआईले टेस्ट र एक दिवसीय छुट्टाछुटै दुई टिम बनाउने

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले २ वटा राष्ट्रिय टिम बनाउने संकेत गरेको छ । कोरोना भाइरसका कारण क्षतिग्रस्त बनेको क्रिकेटलाई माथि उठाउनका लागि भारतले २ वटा राष्ट्रिय टिम बनाउन लागेको हो।

स्रोतका अनुसार बीसीसीआईले टेस्ट र एक दिवसीय टिम बनाउने तयारी गरेको हो।  बीसीसीआईले प्रस्ताव गरेको यो उपाय पारित भएमा दुई टिम बन्न सक्ने जनाइएको छ ।

बीसीसीआईका अनुसार अहिलेको अवस्थामा कहिले क्रिकेट शुरु हुने भन्ने अनिश्चित भएकाले नोक्सानको भरपाई गर्नका लागि २ टिम बनाउन उपयुक्त हुनेछ।

यदि यस वर्षको आईपीएल क्रिकेट रद्द भएमा २८ सय करोड भारतीय रुपैयाँ नोक्सान हुने यसअघि नै जनाइएको छ। 

बीसीसीआईका एक अधिकारीका अनुसार दुई टिम बनाएर स्टेकहोल्डर तथा दर्शकहरुलाई बचाउनका लागि यो उपयुक्त विकल्प हुनेछ 

यस्ताृ अभ्यास गर्ने देश भारत मात्रै होइन। यसअघि अस्ट्रेलियाले २०१७ मा यो लागू गरिसकेको छ । अस्ट्रेलियाले एडिलेडमा श्रीलंकाविरुद्ध टी–२० खेलेको थियो भने अघिल्लो दिन भारतको पुणेमा टेस्ट म्याच पनि खेलेको थियो ।

श्रीलंकाविरुद्धको टी–२० मा अस्ट्रेलियाका एरोन फिन्चले कप्तानी गरेका थिए । यता भारतमा भएको टेस्टमा स्टेभन स्मिथले कप्तानी गरेका थिए ।

प्रकाशित मिति: : 2020-05-10 07:21:32

प्रतिकृया दिनुहोस्