खेलाडीको स्पर्श पर्खिरहेछ दशरथ रंगशालाको हरियाली (भिडिओसहित)

देखापढी

काठमाडौँ

 सुजन श्रेष्ठ

कोभिड-१९ को महामारी नभइदिएको भए काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले फुटबलमा इतिहासकै महत्वपूर्ण तीन अन्तर्राष्ट्रिय खेल खेलिसकेको हुनेथियो। तर, महामारीका कारण सबै खेल अनिश्चितकालका लागि स्थगित भएका छन्। त्यसको असर दशरथ रंगशालामा नपर्ने कुरै भएन।

महामारी फैलिनुअघि दशरथ रंगशाला विश्वकप छनोट चरणअन्तर्गत् अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनलाई आतिथ्य गर्ने तयारीमा जुटेको थियो नेपाल। तर महामारीले त्यो तयारीलाई प्रभावित गर्‍यो।

शुरू भएको केही दिनमै राष्ट्रिय टोलीको अभ्यास स्थगित भयो। सँगसँगै दशरथ रंगशालाको तयारी पनि रोकियो। तर, त्यो स्थगन एक हप्ताको मात्र भयो। सम्पूर्ण खेल क्षेत्र ठप्प भए पनि दशरथ रंगशाला शान्त भएन। अझ भनौं, अहिले दशरथ रंगशाला शान्त छैन।

लकडाउन घोषणापछि एक साताका लागि रोकिएको तयारीको प्रक्रिया तुरुन्तै शुरू भयो। त्यहीकारण मैदानविज्ञ दीलिप रजकको दैनिकी अहिले त्रिपुरेश्वरमा व्यस्त छ।

प्रकाशित मिति: : 2020-05-10 08:10:49

प्रतिकृया दिनुहोस्