बाह्रखरी
कोरोना आउनुभन्दा केही अगाडिको समयलाई छोटो विवेचना गर्नुपर्ने हुन्छ । स्थिर सरकार थियो, प्रतिपक्षी, जनता सबैले सहयोग गरेका थिए । निजी क्षेत्रको हौसला बढेको थियो । विद्युत् आपूर्ति सहज भएको थियो, लोडसेडिड थिएन । श्रम सम्बन्ध राम्रो हुँदा औद्योगिक वातावरण बन्दै गएको थियो । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिएकाले पर्यटन क्षेत्रमा राम्रो लगानी भएको थियो । यी सबै कारणले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने प्रक्षेपण गरिएको थियो । कोरोनाअगाडिको वातावरण राम्रो थियो ।
तर, जब कोरोना आयो त्यसपछि अहिलेसम्म अवस्था के हुन्छ भने निक्र्योल हुन सकेको छैन । कोरोना कति लामो समयसम्म रहन्छ भन्ने पनि थाहा छैन । हाम्रो मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा आवतजावतका विषय कसरी अगाडि बढ्छ, कसरी आर्थिक अवस्था चलायमान भएर जान्छ भन्ने थाहा छैन । भारतमा जुन, जुलाईमा कोरोनाको प्रभाव बढ्छ भन्ने प्रक्षेपण गरिएको छ । अमेरिकामा पनि अर्को तीन महिना लकडाउन हुन्छ भनिएको छ । कतिपय ठाउँमा लकडाउन खोल्दै गएका छन्, कतिपयले लकडाउन गरेका पनि छैनन् । दक्षिण कोरियाले त आफ्नो चुनाव पनि सम्पन्न गरेको छ । भारतमा पनि रेड जोनबाहेक क्षेत्रमा आर्थिक गतिविधि बढाएको छ । मदिरा बिक्री सुरु गरेको छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया