एजेन्सी
अफ्रिका महादेशको रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको सङ्ख्या ५४ हजार ४३४ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या उत्तरी अफ्रिका र पश्चिमी अफ्रिकामा मध्य क्षेत्रको तुलनामा सङ्क्रमण बढी देखिएको छ ।
महामारीबाट अफ्रिकी पर्यटन व्यवसायमा गम्भीर प्रभाव परेको जनाइएको छ । पर्यटन व्यवसायले अफ्रिकी आर्थिक विकासमा एक खर्ब ६९ अर्ब अमेरिकी डलर योगदान दिने गर्छ । यो अफ्रिकाको कूल ग्राहस्थ उत्पादनकोे ७।१ प्रतिशत हो । अफ्रिकामा पर्यटन क्षेत्रले प्रत्यक्षरूपमा दुई करोड ४६ लाख व्यक्तिलाई रोजगारी दिएको छ ।
महामारीमा परी अफ्रिकाका केही मुलुकमा खाद्यान्न अभाव छ । सहारादेखि दक्षिणतिरको दक्षिण अफ्रिकी क्षेत्रमा लगभग २३ करोड ९० लाख मानिस खाद्यान्न समस्यामा रहेका अफ्रिकामा सहयोग क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्क रहेको छ ।
यसैबीच केन्याको राजधानी नैरोबीका नागरिकहरूले खाद्यान्नको जोहो गर्ने सन्दर्भमा महामारीको रोकथाम कार्यलाई उपेक्षा गरी किनमेल केन्द्र ९सपिङ मल०मा भेला भई भिडभाड गरेका खबरहरू विभिन्न सञ्चारमाध्यमहरूले प्रत्यक्ष देखाएका छन् ।
सहरी क्षेत्रमा हुने यस खालको भिडभाडलाई नरोकेमा यस्ता व्यवसायिक केन्द्रनै बन्द गराउने चेतावनी नैरोबीको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया