एजेन्सी
अफ्रिका महादेशको रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको सङ्ख्या ५४ हजार ४३४ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या उत्तरी अफ्रिका र पश्चिमी अफ्रिकामा मध्य क्षेत्रको तुलनामा सङ्क्रमण बढी देखिएको छ ।
महामारीबाट अफ्रिकी पर्यटन व्यवसायमा गम्भीर प्रभाव परेको जनाइएको छ । पर्यटन व्यवसायले अफ्रिकी आर्थिक विकासमा एक खर्ब ६९ अर्ब अमेरिकी डलर योगदान दिने गर्छ । यो अफ्रिकाको कूल ग्राहस्थ उत्पादनकोे ७।१ प्रतिशत हो । अफ्रिकामा पर्यटन क्षेत्रले प्रत्यक्षरूपमा दुई करोड ४६ लाख व्यक्तिलाई रोजगारी दिएको छ ।
महामारीमा परी अफ्रिकाका केही मुलुकमा खाद्यान्न अभाव छ । सहारादेखि दक्षिणतिरको दक्षिण अफ्रिकी क्षेत्रमा लगभग २३ करोड ९० लाख मानिस खाद्यान्न समस्यामा रहेका अफ्रिकामा सहयोग क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्क रहेको छ ।
यसैबीच केन्याको राजधानी नैरोबीका नागरिकहरूले खाद्यान्नको जोहो गर्ने सन्दर्भमा महामारीको रोकथाम कार्यलाई उपेक्षा गरी किनमेल केन्द्र ९सपिङ मल०मा भेला भई भिडभाड गरेका खबरहरू विभिन्न सञ्चारमाध्यमहरूले प्रत्यक्ष देखाएका छन् ।
सहरी क्षेत्रमा हुने यस खालको भिडभाडलाई नरोकेमा यस्ता व्यवसायिक केन्द्रनै बन्द गराउने चेतावनी नैरोबीको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया