काठमाडौंमा कर्फ्यू हुँदैन तर कडाइमा सरकार कठोर हुन्छ

सीमा अनिश्चितकालसम्म सिल

बाह्रखरी

काठमाडौं

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले काठमाडौंमा थप कडाइ गरिने बताए।  नागरिकको जीवनको रक्षाका लागि लकडाउन गरे पनि जनस्तरबाटै अवज्ञा गर्ने क्रम बढेकाले आवतजावतमा नियन्त्रण गर्न सरकार थप कठोर बन्ने उनले बताए ।

“सरकारको रहरले लकडाउन गरेको त होइन, नागरिककै अप्रोचको कुरा हो । तर, लापरवाही गर्ने क्रम बढेर गएको छ । यसलाई नियन्त्रण गर्नैपर्छ । नागरिकको जीवनभन्दा ठूलो केही छैन,” उनले बाह्रखरीसँग भने ।

उनले काठमाडौं उपत्यकामा कर्फ्यु लगाउने सरकारको तयारी नभए पनि लकडाउन पालना गराउन कुनै कसर बाँकी नराखिने बताए । सङ्क्रमणको जोखिममा रहेका बारा, पर्सामा भने स्थानीय प्रशासनले कर्फ्यु आदेश नै जारी गरेको छ ।

प्रकाशित मिति: : 2020-05-13 08:11:39

प्रतिकृया दिनुहोस्