बिएल संवाददाता
कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेलहरु हुन नसकेपछि क्लब बर्गलाई बेल्जियमको शीर्ष लिगको विजेता घोषित गरिएको छ।
लिगको एक खेल बाँकी हुँदा कोरोना भाइरसका कारण रोकिएको थियो।गएको महिना नै प्रो लिगका बाँकी खेलहरु हुन नसक्ने बताइएको थियो।
क्लब बर्ग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि थियो। योसँगै क्लब बर्गले १७ औँ पटक लिगको उपाधि उचालेको छ।
यस्तै उसले पछिल्लो पाँच वर्षमा तेस्रो पटक उपाधि जितेको हो। क्लब बर्गले आउँदो सिजनको च्याम्पियन्स लिगका लागि समूह चरणमा स्थान पक्का गरेको छ।
यता जेन्टले पनि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। यस्तै चार्लेरोइ, रोयल एन्टवेर्प र स्ट्याडर्ड लिइगेले युरोपा लिगमा स्थान पक्का गरेका छन्। यता वास्ल्याण्ड–वेभेरेन रेलिगेशनमा परेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया