आइतबार, २८ डिसेम्बर २०२६

क्लब बर्गलाई बेल्जियमको शीर्ष लिगको विजेता घोषित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेलहरु हुन नसकेपछि क्लब बर्गलाई बेल्जियमको शीर्ष लिगको विजेता घोषित गरिएको छ।

लिगको एक खेल बाँकी हुँदा कोरोना भाइरसका कारण रोकिएको थियो।गएको महिना नै प्रो लिगका बाँकी खेलहरु हुन नसक्ने बताइएको थियो।   

क्लब बर्ग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि थियो। योसँगै क्लब बर्गले १७ औँ पटक लिगको उपाधि उचालेको छ।
 
यस्तै उसले पछिल्लो पाँच वर्षमा तेस्रो पटक उपाधि जितेको हो। क्लब बर्गले आउँदो सिजनको च्याम्पियन्स लिगका लागि समूह चरणमा स्थान पक्का गरेको छ।

यता जेन्टले पनि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। यस्तै चार्लेरोइ, रोयल एन्टवेर्प र स्ट्याडर्ड लिइगेले युरोपा लिगमा स्थान पक्का गरेका छन्। यता वास्ल्याण्ड–वेभेरेन रेलिगेशनमा परेको छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!