बिएल संवाददाता
जर्मनीमा लिग फुटबल बुन्डेसलिगा सुरु भएको छ। कोरोना भाइरसको महामारीका बाजबुद खेलमा कोही दर्शक रंगशालाभित्र छिर्न भने पाउने छैनन्।
कोरोना भाइरस महामारीको समय सञ्चालन हुने यो पहिलो ठूलो युरोपेली लिग हो। शनिबार ६ खेल हुनेछन्। जसमा बोरुसिया डर्टमुन्ड र साल्के तथा लिग लिडर बार्यन म्युनिख र युनियन बर्लिनको भिडन्त समावेश छ।
समर्थकहरु मैदानभित्र छिर्न नपाएको यकिन गर्नका लागि प्रहरी खटाइनेछ। कडा स्वास्थ प्रोटोकलका कारण समर्थकलाई रंगशाला प्रवेशमा रोक लगाइएको छ, यसका बाबजुद बोरुसिया मोन्चेनग्लाडबाचले आफ्ना सिमित केही समर्थकलाई रंगशालामा ल्याउदैंछ। खेलाडी, स्टाफ र अफिसियस समेत गरेर झन्डै ३ सय व्यक्ति रंगशालाभित्र वा आसपास हुनेछन्।
यसअघि १३ मार्चमा लिग स्थगित भएको थियो। बुन्डेस लिगमा हरेक टिमले ९ लिग खेल खेल्न बाँकी छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया