
बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग क्लबहरुले यो हप्ता आफ्ना खेलाडीहरुलाई सानो समूह बनाएर प्रशिक्षण गर्न स्वीकृति दिने भएकाे छ। अहिलेसम्म खेलाडीले एक्लै प्रशिक्षण गरिरहेका छन्।
कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने सम्बन्धमा भने क्लबहरु अझै एकमत हुन सकेका छैनन्।
न्यूट्रल भेन्यूमा बाँकी ९२ खेल गर्ने तयारी थालिए पनि सबै क्लब त्यसमा सहमत देखिएका छैनन्। सोमबार लिगका २० क्लबबिच छलफल हुँदैछ। सो छलफलमा प्रशिक्षण तथा मेडिकल प्रोटोकललाई लिएर मतदान हुनेछ।
मतदानमा प्रस्ताव पारित भएमा मंगलबारदेखि खेलाडीहरु पाँचजनाको समूह बनाएर प्रशिक्षण गर्न पाउने छन्। प्रस्ताव पारित हुन लिगका २० मध्ये १४ क्लब सहमति हुनु पर्छ।
गएको हप्ता बेलायत सरकारले क्लबहरुले प्रशिक्षण व्यक्तिगत रुपमा सुरु गर्न पाउने गरी मार्ग खुला गरेको थियो। तर बन्द रंगशालामा खेल हुनका लागि अझै धेरै समय लाग्ने देखिएको छ।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया