सगरमाथाको उचाइ विवाद : नेपालले मापन गरेको उचाइ सार्वजनिक गर्न किन ढिलाइ ?

बाह्रखरी

काठमाडौँ

दिलीप प्रकाश कार्की

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ विभिन्‍न समयमा विवादमा पर्दै आएको छ । २५ अप्रिल, २०१५ मा गएको ७ दशमल ८ म्याग्‍निच्युडको भूकम्पपछि यसको उचाइको विषय थप विवादित बन्दै गएको हो । 

सन् २०१५ को महाभूकम्पपछि सगरमाथाको उचाइ नाप्‍न भारतले विशेष चासो देखाएको थियो । तर, भारतलाई सगरमाथाको उचाइ मापन गर्न दिनु हुँदैन भनेर व्यापक विरोध भएपछि नेपाली टोली आफैं तयार भयो र नेपाली नापी विभागको प्राविधिक टोली २३ मे, २०१९ मा सगरमाथाको चुचुरोमा पुगेको थियो ।

नापी विभागका सर्भेयर प्रमुख खिमलाल गौतम र सर्भेयर रविन कार्कीको टोली २३ मे बिहान ३:१५ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो । करिब आधा घण्टा चुचुरोमा रोकिएको टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) मार्फत मापन गरेको बताइएको छ । 

प्रकाशित मिति: : 2020-05-18 11:38:29

प्रतिकृया दिनुहोस्