संक्रमितको स्थायी ठेगाना मात्रै सार्वजनिक गरिँदा झन् बढ्यो अन्योल र त्रास

देखापढी

काठमाडौँ

उद्धव थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठ साँझ सवा आठ बजे सार्वजनिक गरेको विवरणमा दाङको तुलसीपुर नगरपालिका वडा-७ निवासी ३४ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि बताएको थियो।

मन्त्रालयको विवरण सार्वजनिक भएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले ती पुरूषको सम्पर्क विवरण खोज्यो।

तर, मन्त्रालयले सार्वजनिक गरेअनुसारको विवरण भएको व्यक्ति तुलसीपुरमा नभएर काठमाडौंमै भएको तथ्य उपमहानगरपालिकाले पत्ता लगायो।

उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले राति साढे नौ बजे फेसबुकमा स्टेटस नै लेखेर मन्त्रालयले भनेका व्यक्ति तुलसीपुरमा नभएर काठमाडौंमै रहेको बताए। अर्को परीक्षणमा ती व्यक्तिमा संक्रमण नेगेटिभ देखिएको पनि उनले जानकारी गराए। 

मन्त्रालयले सोही दिन सार्वजनिक गरेको विवरणमा तुलसीपुर–७ कै ३६ वर्षीय पुरूषमा कोभिड–१८ पुष्टि भएको बताएको थियो। तर, ती व्यक्ति पनि दाङमा थिएनन्।

एक महीनादेखि आफन्तको उपचारको लागि काठमाडौं आएर बिरामी कुरूवाको रूपमा बसेका थिए। काठमाडौंमै उनको स्वाब संकलन भएको थियो। मन्त्रालयले तुलसीपुर वडा नं. ७ का भने पनि ती ३६ वर्षीय युवकको स्थायी ठेगाना वडा नं. ४ भएको पाण्डेले बताए।  

प्रकाशित मिति: : 2020-05-19 16:13:28

प्रतिकृया दिनुहोस्