बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग अन्तर्गतका टिमका ६ खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१९ वटा क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण भएको थियो। नर्विच सिटीले भने मंगलबार परीक्षण गरेको छ।
त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन रहेका छन्।
अरु दुईजना अर्को क्लबका हुन्, तर उनीहरुको विवरण खुलाइएको छैन। कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ।
मंगलबारदेखि टिमका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण सुरु गरेका छन्। सोही दिन केही खेलाडीमा संक्रमण रहेको कुरा खुलेको हो।
कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने प्रयास स्वरुप मंगलबारदेखि अधिकतम पाँच जनासम्मको समूहमा प्रशिक्षण सुरु भएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया