डिजिटल शिक्षा : दश वर्षमा नजुरेको अवसर लकडाउनले जुराइदियो (भिडिओसहित)

देखापढी

काठमाडौँ

अनिता भेट्‌वाल

एक दशक भयो, गुगल एजुकेटर ग्रूप (जीईजी) ले नेपालका शैक्षिक संस्थालाई प्रविधियुक्त बनाउन सल्लाह दिन थालेको। तर, यो समूहको सल्लाह ग्रहण गर्ने भने साह्रै सिमित थिए।

कोभिड-१९ को महामारी फैलिन थालेपछि भने परिस्थिति फेरियो। स्कुल, कलेज बन्द भए। एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउने परिस्थिती रहेन।

विद्यार्थी र शिक्षक घरघरमै सिमित भएपछि पठनपाठनको एउटै विकल्प बन्नपुग्यो, प्रविधिको सहारा। परिणाम, ‘जीईजी’ का गुगल प्रमाणित प्रशिक्षक सुशील उप्रेती र सगुन ढुंगानालाई कामले भ्याइनभ्याइ भएको छ।

उनीहरूले अघिल्ला वर्षहरूमा ‘एप्लाईड डिजिटल स्किल’ को प्रशिक्षण दिएका विद्यालयहरूले अहिले बिना कुनै समस्या अनलाइनमा कक्षाहरू राम्रोसँग चलाइरहेका छन्।

तर, धेरै विद्यालयले अहिले सहज तरिकाले डिजिटल कक्षाहरू चलाउन सकिरहेका छैनन्। त्यसैले धेरै विद्यालय र शिक्षकहरू अहिले डिजिटल माध्यमबाट कक्षा सञ्चालन गर्न प्रशिक्षण लिइरहेका छन्।

प्रकाशित मिति: : 2020-05-20 07:54:55

प्रतिकृया दिनुहोस्