बिएल संवाददाता
उडेर होस् या गुडेर
साइबेरियाका हिउँ भालुका पित्त
तातो तातो रगत
अफ्रिकाका गोरिल्लाका कपालका फेद
अरबको तातो पचाउने उटका खुर
अन्टार्टिका छेउका डल्फिनका आँखा
जम्मा गर्नेछौं
तिनलाई छुट्टै वा मिसाएर
मथेर नौनी निकाल्नेछौं
बस्ने छैनौं, यसै चुपचाप
कंगोका खानीमा सुन बन्न एक सय वर्ष बाँकी माटोका कण
इरानका तेल खानी नजिकै तर बनेको आकाशे पानी
अलास्काको ढुङ्गाको कापमा उम्रिएर फलेको कुनै फल
न्यूजल्याण्डको हरियो चौरबीच सुख्खा लागेर मरेको दुबो
भेट्न गाह्रो छैन हामीलाई
आउनेछ, यही कोठाको टेबलमा
र, लाखौं चिरामा काटिएर जाँचिनेछन्
कोलम्बियाका लागूऔषध माफियाको जुत्ताका क्रुर प्रहार
कोरानोविरुद्ध युद्धमा होमिएकी नर्शको माँयालु आँखाको स्पर्श
७५ वर्षअघिको विश्वयुद्धको विनाश
७५ वर्षपछिको विश्वको सुनौलो कल्पना
प्रयोगशालाका मेशिनले निचोरेर ल्याउनेछन् यहाँ
वा, वेपर्वाहा खर्च गरेर बनाउनेछौ त्यस्तो मेशिन
औडाहा भएको छ यो छातीमा
सुत्न सकेका छैनन् मामा रातभर
चित्त काटिएको छ, सासुको
मरिसक्यो सम्धीको वाँच्ने लालशा
रुवावासी छ, हाम्रो विरादरीमा आजकल
एक छौं हामी सबै पीडित अहिले
बल हो भने एकता, एक छौं हामी
आकाश पाताल जोडेर बनाउनेछौं अविलम्ब
बाँच्दा र मर्दा तिमी र हामी
एउटै लाममा लाग्नु नपर्ने औषधी
तिमी उतै, हामी यतै
हुनेछ, पहिले जस्तै
चल्नेछैन, इतिहासमा नभएको सरोवरी
रगत रातो भए पनि
तिमी नालीमा थियौं र रहिरहनेछौ
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया