डिभोर्सको संघारमा नवाजुद्दिन

बलिउड नायक नवाजुद्दिन सिद्धिकी र उनकी पत्नी अन्जली डिभोर्सको तयारीमा छिन्। विशेषगरि, उनकी पत्नी अन्जली नवाजुद्दिनसँग अलग हुन चाहन्छिन्।

नवाजुद्दिन अहिले आफ्नो घर उतराखण्डमा छन्। उनकी पत्नी भने आफ्नो आमा–बुबाको साथमा जबलपुरमा छिन्। डिभोर्सको लागि अन्जलीको आमा–बुबाले पनि समर्थन जनाएको भारतीय मिडियाले बताएका छन्।

नवाजुद्दिनको बैबाहिक जीवन केही समयदेखि समस्यामा थियो। तर, पत्नीले डिभोर्सको माग गरेपछि नवाजुद्दिनलाई ठूलो झट्का लागेको छ। उनले, पत्नीलाई फेरि विश्वास दिलाउन सक्छु भन्ने सोचेका थिए।

तर अन्जलीले सम्बन्धविच्छेदको सूचना मुरादाबादका अधिवक्ता अभय साहको माध्यमबाट नवाजुद्दिनलाई पठाएकी थिइन्। अधिवक्ता शाहको अनुसार अन्जलीले श्रीमान् नवाजुद्दिनमाथि गम्भीर प्रकृतिको आरोप लगाएकी छिन्। तर मुद्दा के हो भन्ने विषयमा अभिवक्ता साहले मिडियासँग केही खुलासा गरेनन्।

नवाजकी बहिनीको निधन भएको केही महिनापछि डिभोर्सको खबर सार्वजनिक भएको थियाे। यो बिषयमा नवाजकी आमालाई कुनै पनि जानकारी दिइएको छैन। यो बर्ष नवाजको घरमा इदको कुनै पनि कार्यक्रम नराखिएको पनि भारतीय मिडियाले खवर छापेका छन्।

प्रकाशित मिति: : 2020-05-20 14:04:57

प्रतिकृया दिनुहोस्