विज्ञ भन्छन्– नक्साले जवाफ दियौं, अब प्रमाण समेटेको श्‍वेतपत्र निकालेर भारतलाई देखाउनुपर्छ

बाह्रखरी

काठमाडौँ

अक्षर काका

 परराष्ट्र–कूटनीतिक मामिलामा जानकारहरूले लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालकै हो भन्ने दाबी पुग्ने कागजात, प्रमाण समेटेर श्‍वेतपत्र निकालेर भारतलाई थप जवाफ दिन सुझाव दिएका छन् । लिपुखोला पश्चितर्फका कुटी, नाभी, गुञ्जीले तिरो बुझाएको रसिद, जनगणनाका कागजात र नेपालको प्रशासनिक उपस्थिति रहँदाको विवरण समेटिएको श्वेतपत्र निकालेर नेपालको दाबीलाई परिपक्‍व बनाउन विज्ञले सुझाव दिएका हुन् ।

नक्सा प्रकाशित गरेपछि भारतलाई वार्तामा बस्‍न दबाब परे पनि अटेर गर्न सक्ने भन्दै उनीहरूले मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न समेत सुझाव दिएका छन् ।

प्रकाशित मिति: : 2020-05-21 18:26:39

प्रतिकृया दिनुहोस्