शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा गरी अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ। आँधीले घरलगायत सयौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रूख, बोटबिरुवा सखाप भएका छन्। विद्युत, पानी, सञ्चारलगायत सेवाहरु पनि अवरुद्ध भएको अधिकारीले जनाएका छन्।
संयुक्त राष्ट्रसंघले १ करोड मानिस आँधीबाट प्रभावित भएको र ५ लाख मानिसले घर गुमाएको जनाएको छ। घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ।
अधिकारीले दिएको जानकारीअनुसार भारतको पश्चिम बंगाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ। तीमध्ये पनि १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिएकी छन्। उनले भनिन्, ‘यति ठूलो र विनासकारी आँधी मैले अहिलेसम्म देखेकी थिइनँ।’
यस्तै आँधीका कारण बंगलादेशमा १२ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। मौसम पुर्वानुमान राम्रो भएकाले लाखौं मानिसलाई उद्धार गर्न सफल भएको उनीहरूको भनाइ छ। बंगलादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरमा राखिएको छ। भारतमा ६ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरिएको छ।
आँधीका कारण कम्तीमा १ करोड मानिस विद्युत् सेवाबाट वञ्चित बनेको बंगलादेशका ग्रामीण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिए। ‘आँधीका कारण अनगिन्ती विद्युत् पोल ढलेका छन्, ट्रान्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असीमित रूख ढलेका छन्,’ उनले भने।
सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा छन्। कोरोना भाइरसको त्रासकैबीच विनासकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया