घरेलु ढोईको गर्भाधानमा किन हुन्छ जंगली हात्तीको प्रयोग ?

देखापढी

काठमाडौँ

केशव राना

हात्तीको प्रजनन् कसरी हुन्छ ? जवाफ सजिलो छ, भाले हात्ती र ढोई (पोथी हात्ती)बीच हुने संसर्गबाट। अनि हात्तीसारलगायतमा पालिएका घरेलु ढोईको नि ?

त्यो पनि भाले हात्तीबाट। तर, घरपालुवा हात्तीबाट होइन, जंगली हात्तीबाट। 

आखिर घरपालुवा ढोईलाई किन जंगली भाले हात्ती नै आवश्यक पर्छ त ?

चितवन राष्‍ट्रिय निकुञ्‍जका पूर्वपशु प्राविधिक प्रमुख डा. कमलप्रसाद गैरे भन्छन्, “प्रायः घरपालुवा हात्तीहरू सक्षम हुँदैनन्, त्यसैले जंगली हात्तीबाट गर्भाधान गराइन्छ।”

उनका अनुसार घरपालुवा भाले हात्तीलाई बाँधेर राखिने भएकाले पनि उनीहरूको प्रजनन् क्षमतामा कमी हुन्छ। 

भर्खरै अवकाशप्राप्त चितवन निकुञ्‍जका हात्तीसार प्रमुख बुधन चौधरी पनि गैरेको भनाइमा सहमत छन्। 

“घरपालुवा हात्ती गस्तीमा जानुपर्छ, फेरि सांग्लाले बाँधेर राखिन्छ,” उनी भन्छन्, “प्रजननमा लगाउँदा घरपालुवा हात्ती कमजोर हुन्छन्।”

जंगली जस्तो घरपालुवा हात्ती हृष्‍टपुष्‍ट र स्वतन्त्र हुँदैनन्। 

प्रकाशित मिति: : 2020-05-22 08:01:20

प्रतिकृया दिनुहोस्