
बिएल संवाददाता
सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पारेका छन्। उनले बिहिबार नेपाल उद्योग परिसंघले गरेको वेबिनारमा राखेको विचारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो।
'मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो। साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारत लगायत सबै देशका शासकको सन्दर्भमा हो', उनले भने, 'हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।'
नेपाल-भारत सीमाविवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भनेका छन्, 'जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।'
'त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ ! यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न', उनले भने।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया