 
                                            
                                        
                                     
                                नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक संजाल तातेको छ।
एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ। चीनको इशारामा मनिषाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ।
‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो। तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन्। नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ।
तर नायिका ऋचा शर्माले मनिषा कसैको कृपा र परोपकारले बलिउडमा छाएको कुरा अस्वीकार गर्छिन्।
उनी भन्छिन्,‘चाहे १९४२ लभ स्टोरी होस् या दिल से वा खामोशी। मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन्। भारतकै भूमिमा जन्मिएका कैयौ कलाकारहरु समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए। तर, मनिषा आज पनि बलिउडमा दरिलो उपस्थिती जनाएर बसेकी छिन्। कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन्।’
ऋचाले प्रियंका चोपडाले पनि हलिउडमा राम्रो स्थान बनाएको भन्दैमा उनले आफ्नो मातृभूमी भारतलाई विर्सिन्छु भन्न नमिल्ने पनि उल्लेख गरेकी छिन्। ऋचाले लेखेकी छिन्,‘म चाहे बीसौ बर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधै हाकिम नै हुन्, माता वा पिता होइनन्।’
उनले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको पनि उल्लेख गरेकी छिन्।
ऋचाले समाजलाई भड्काउने बिषय वेच्नमा भारतीय मिडिया धेरै अगाडि रहेको पनि उल्लेख गरेकी छिन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया