थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति: May 22, 2020 20:52:16

प्रतिक्रिया दिनुहोस

सबै