बिएल संवाददाता
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ।
ओलम्पिक मैदानमा भएकोखेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो। उसका लागि इबिसेविक, लुकेबाकिओले, सान्तोस कार्नेइरो डा कुन्हाले र बोयातालोले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो। उसका लागि इबिसेविकले ५१ औँ मिनेटमा गोल गर्दो १–० काे अग्रता बनाएका थिए। त्यसको एक मिनेट पछाडि नै लुकेबाकिओले गोल गरे।
यसैगरी कुन्हाले ६१ औँ मिनेटामा गोल गर्दा अग्रता ३–० मा पुग्यो। बोयातालो ७७ औँ मिनेटमा गोल गर्दै हेर्था बर्लिनले ४–० गोल अन्तरको फराकिलो जित दर्ता गर्यो।
जितपछि हेर्थाको २७ खेलबाट ३४ अंक भएको छ। उ १० औँ स्थानमा छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया