बिएल संवाददाता
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ।
ओलम्पिक मैदानमा भएकोखेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो। उसका लागि इबिसेविक, लुकेबाकिओले, सान्तोस कार्नेइरो डा कुन्हाले र बोयातालोले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो। उसका लागि इबिसेविकले ५१ औँ मिनेटमा गोल गर्दो १–० काे अग्रता बनाएका थिए। त्यसको एक मिनेट पछाडि नै लुकेबाकिओले गोल गरे।
यसैगरी कुन्हाले ६१ औँ मिनेटामा गोल गर्दा अग्रता ३–० मा पुग्यो। बोयातालो ७७ औँ मिनेटमा गोल गर्दै हेर्था बर्लिनले ४–० गोल अन्तरको फराकिलो जित दर्ता गर्यो।
जितपछि हेर्थाको २७ खेलबाट ३४ अंक भएको छ। उ १० औँ स्थानमा छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया