युगौंसम्म बाँच्‍ने कवि

युगौंसम्म बाँच्‍ने कवि

आफू जन्मिएको ठाउँ कसलाई पो प्यारो हुँदैन र ? ओखलढुंगा र युगकवि सिद्धिचरण श्रेष्ठ एकअर्काका पर्यायजस्ता लाग्छन्। उनले रचेको ‘मेरो प्यारो ओखलढुंगा’ नेपाली साहित्यमा यस्तो विम्ब बन्यो, जसले नेपालको पहाडी भू–बनोटको उत्कृष्ट चित्रण गरेको छ। मेरो प्यारो ओखलढुंगा कवितामा स्वरसम्राट् नारायणगोपालले स्वर दिएपछि यो रचना अझ जीवन्त भएको छ।

१९६८ जेठ ९ गते ओखलढुंगामा जन्मिएका युगकवि श्रेष्ठको शुक्रबार १०८ औं जन्मजयन्ती हो। धेरैलाई थाहा नहुन सक्छ, युगकविका पिता विष्णुचरण श्रेष्ठ पनि साहित्यकार थिए। उनले सामाजिक विषयमा ‘सुमती’ उपन्यास लेखेका थिए। लेखक पिताको गोरेटो पछ्याउँदै छोरा सिद्धिचरणले पनि कलमलाई नै साथी बनाए। र, युगकविको नामले स्थापित भए।

प्रकाशित मिति: May 23, 2020 08:42:19

प्रतिक्रिया दिनुहोस