बिएल संवाददाता
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३ हजार ७ सय नाधेकाे छ। पछिलाे जानकारी अनुसार ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेकाे छ।
संक्रमति मध्य ५१ हजार ८ सय २४ जना पूर्णरुपमा निकाे भएर घर पर्किएका छन्।
यस्तै झण्डै ७० हजार उपचार गराइरहेका छन् ।
भारतमा सबैभन्दा बढि कोरोना संक्रमण महाराष्टमा भएको छ ।
त्यसपछि राजधानीमा दिल्ली, तमिलनाडु लगायतका राज्यहरुको संक्रमण बढि रहेको छ ।
यता कर्नाटकका पुलिस महानिर्देशक प्रवीण सूदले महाराष्ट्र, राजस्थान, दिल्ली, गुजरात, तमिलनाडु, दिल्ली र मध्य प्रदेशबाट घरेलु उडानमा मार्फत आउने यात्रुहरूले ७ दिन क्वारेन्टाइनमा राख्ने बताए।
उनका अनुसार अवस्था हेरेर हाेम क्वारेन्टाइनमा पनि बस्न सकिनेछ।
यस्तै जम्मू–कश्मीर सरकारका अनुसार, हवाई र रेलमार्फत आउने सबै यात्रुहरूलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ। आरडीटी र पीसीआर मार्फत काेराेना भाइरसकाे परीक्षण गरिने छ।
यदि रिपाेर्ट पाेजिटिभ भेटिए अस्पताल पठाइनेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया