मोबाइल ब्रोडब्यान्ड गतिमा नेपाल र पाकिस्तानकाे भन्दा भारतको स्थिति खराब  

भारतीय टेलिकम कम्पनीहरूले आफ्नो इन्टरनेटकाे गतिमा ठूलाे परिवर्तन ल्याउन सक्छन्। तर, सत्य यो छ  मोबाइल ब्रोडब्यान्ड गतिमा भारतको स्थिति पाकिस्तान र नेपालकाे भन्दा खराब छ। 

भारत ब्रोडब्यान्डकाे गतिमा तीन स्थान तल झरेकाे छ। अहिले भारत १३२ औं स्थानमा पुगेको छ। 

ओकला स्पीड टेस्टका अनुसार अप्रिल २०२० को डाटामा उल्लेख भएअनुसार भारतमा मोबाइल ब्रोडब्यान्ड कम छ। ओकलाले हरेक महिना मोबाइल ब्रोडब्यान्ड गतिमा लगभग १३९ देशहरुको सूची बनाउँछ। सूची बनाउनु अघि लाखौं डाटा संकलन गरिन्छ।

ओकलाका अनुसार भारतकाे औसत डाउनलोड गति ९.८१  एमबीपीएस हो र औसत अपलोड गति ९.९ एमबीपीएस छ।
 
अहिले विश्वव्यापी मोबाइल ब्राेडब्यान्डको औसत डाउनलोड गती ३०.८९ एमबीपीएस थियो र अपलोडिङ गति १०.५० एमबीपीएस थियो।

नयाँ रिपोर्टका अनुसार मोबाइल ब्राेडब्यान्डमा दक्षिण कोरिया पहिलो स्थानमा छ। अधिकतम गति ८८.०१ एमबीपीएसको साथ छ भने कतार, चीन, युएई र नेदरल्याण्ड शीर्ष चार देशहरूमा छन्।

पाकिस्तान मोबाइल ब्राेडब्यान्ड गतिमा ११२ औं स्थानमा छ, जबकि नेपाल १११ औं स्थानमा छ। भारतको छिमेकी देश श्रीलंका पनि ११५ र बंगलादेश १ ३० औं स्थानमा छ। भारत भने १३२ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-05-23 13:38:46

प्रतिकृया दिनुहोस्