मुम्बईमा अलपत्र २ सय नेपालीलाई समाजसेवी र फाउन्डेशनमार्फत राहत वितरण (भिडियाे)

मुम्बईमा अलपत्र परेका करिव दुई सय प्रवासी नेपालीहरुले राहत पाएका छन्। बोरिवली पश्चिम धर्मानगर, मीरारोड र काश्मिरा लगायत क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई नेपाली समाजसेवीहरुले खाद्यान्न वितरण गरेका हुन्। 

मुम्बईमा रहेर सामाजिक काममा सक्रिय समाजसेवीहरु राम पाण्डे, राजु गौली, निरज कोइराला, राहुल शर्मा र नरेश केसी लगायतले मनकामना एकता फाउन्डेशनको सहकार्यमा अलपत्र नेपालीहरुका लागि राहत सामाग्री वितरण गरेका छन्।

मुम्बईमा होटल, कम्पनी, भवनहरुमा कार्यरत नेपालीहरु लामो बन्दाबन्दी हुँदा बेरोजगार छन्। उनीहरुको दैनिकीमा समस्या भएपछि नेपाली सामाजिक संघ–संस्था तथा समाजसेवीहरुले राहत सामाग्री सहयोग गर्ने काम गरिरहेका छन्।

मुम्बईमा खाद्यान्नबाट बन्चित भएका नेपाली नागरिकहरुलाई आफुहरुले सक्दो सहयोग गर्ने समाजसेवी निरज कोइरालाले जानकारी दिए। ‘यहाँ थ्रुपै प्रवासी नेपालीहरु लकडाउनले अलपत्र अवस्थामा छन्। उनीहरुलाई खानाको समस्या भइरहेको छ,’कोइरालाले भने,‘म लगायत अन्य साथीहरु नेपालीहरुको सहयोगमा जुटिरहेका छौं।’ 

काम गर्ने ठाउँहरु बन्द भएपछि गुजारा चलाउन समेत धौधौ परेको र मुम्बईका नेपाली समाजसेवी र फाउन्डेशनको सहयोगमा राहत सामाग्री पाउदाँ बोरिवली पश्चिम धर्मानगर, मीरारोड र काश्मिरा अलपत्र नेपालीहरु खुशी ब्यक्त गरेका छन्।

प्रकाशित मिति: May 23, 2020 15:38:37

प्रतिक्रिया दिनुहोस