बिएल संवाददाता
चक्रवात आँधी अम्फानको कारण प्रभावित पश्चिम बङ्गालले राज्यमा विशेष रेलहरूको सञ्चालनलाई केही समय रोक्न आग्रह गरेको छ ।
राज्य सरकारले चक्रवात अम्फानको कारण जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा सम्लग्न भएकोले यसले केही दिनको लागि विशेष रेलहरूमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न कठिनाई हुने भन्दै शनिबार पश्चिम बङ्गालले भारतको संघीय रेल मन्त्रालयलाई पत्राचार गरी उक्त आग्रह गरेको हो ।
‘तपाईंलाई थाहा छ, पश्चिम बङ्गालले मे २० र मे २१ मा ठूलो आँधी अम्फानले गम्भीर असर पारेको छ । त्यसले पूर्वाधारलाई ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा संलग्न भएकोले विशेष रेल र तीनमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न सम्भव छैन ।’
‘केही दिन अर्थात् मे २६ सम्म राज्यमा कुनै रेल नपठाउन अनुरोध गरिएको छ,’ पश्चिम बङ्गालका मुख्य सचिव राजीव सिन्हाले भारतीय रेलवे बोर्डका अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ ।
‘तपाईसँग यसअघि मे २० मा छलफल गरी विशेष रेल पठाउने प्रस्तावलाई केही पर सार्ने निर्णय राज्य सरकारले गरेको छ । त्यसैले केही दिन विशेष रेललाई नपठाइदिनुहुन आग्रह गरिन्छ,’ पत्रमा भनिएको छ ।
पश्चिम बङ्गालमा चक्रवातको कारण कम्तिमा ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण मृत्यु हुनेको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत का साथै घाइतेलाई प्रतिव्यक्ति ५० हजार बराबरको रकम सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।
उनले आँधी प्रभावित पश्चिम बङ्गाललाई एकमुष्ठ एक खर्ब भारतीय रूपैँयाको राहत प्याकेजको पनि घोषणा गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया