प्रकाश अधिकारी
एकापट्टी अनविज्ञ छ संसार
खोई – कसको जित, कसको हार
अदृश्य शक्तिको महिमा अपार
न झक्झकाएको कहाँ हो र
प्रकृतिले बारम्बार
शक्तिशाली भनाउँदाहरु पनि छन्
यहाँ लाचार।
अर्कोपट्टि कोरोनाले हामीलाई
धेरै बतायो
परिवारसँग अङ्कमाल गरेर
बस्न सिकायो
साथी–भाईसँग चर्चा बहस
धेरै गरायो
विश्वका कुना–कुना सम्म चेतावनी दिँदै
प्रकृतिसँग तदम्य रहन र
बाँच्न सिकायो।
हुन त बीउ पनि वर्षा पर्खि
अंकुर फुटेर टुसाउँछ
माटोसँग चासो राखी जरा गाड्दै
विरुवा पलाउँछ
धेरै कसरत र मिहेनत पछि
वृक्ष बनी आउँछ
शितल छाँया दिएर धर्ती
हामीलाई आनन्दित बनाउँछ।
आऊ साथी हामी मिलौ
सभ्यताको गीत बनोस्
फेडकामारी नयाँ इतिहास रचौ
मानवताको मीत बनोस्
अनुभूति र आस्थाको लहर
यथार्थताको जीवन बनोस्
ओठ भरी मुस्कान छर्दै
धैर्यताको संसार बनोस्।।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया