‘लिम्पियाधुरा-लिपुलेकमै बसेर हामी खम्पाविरुद्ध लडेका थियौँ’

देखापढी

काठमाडौँ

 दलबहादुर चन्द

अहिले देशैभर फेरी एकपटक लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे चर्चा, परिचर्चा हुन थालेको छ। जब जब यो क्षेत्र नेपालको हो कि होइन भनेर चर्चा हुन थाल्छ, म छक्क पर्छु। यो ठाउँ कसरी नेपालको नहुन सक्छ ? म आफैँ मातृभूमिको निम्ति लडेको ठाउँ हो त्यो।

नेपाली सेनाको हवल्दार मेजरबाट अवकाशप्राप्त हुँ म। २०४० सालमा मैले अवकाश पाएको थिएँ। अहिले ७० वर्षको भएँ। जवानीमा मैले हिउँले ढाकिएको त्यो भूभागमा लडेको थिएँ। हाम्रो पल्टनले लडेको थियो। त्यो भूभाग नेपालको हो भन्ने जिउँदो साक्षी हुँ म। ‘खम्पा विद्रोह’लाई नियन्त्रण गर्न नेपाली सेना त्यहाँ लडेको थियो।
त्यसैले मेरो अनुभव खम्पा विद्रोहबाट शुरू हुन्छ।

चीनमा तिब्बतको शान्तिपूर्ण एकीकरणपछि सन् १९५९ मा केही असन्तुष्ट तिब्बतीहरू नेपालमा शरणार्थीका रूपमा आएका थिए। उनीहरूमध्ये केहीले गे वाङ्दीको नेतृत्वमा गठन भएको छापामार दस्ता गठन गरे। त्यो दस्तालाई जंगे खम्पा भनिन्थ्यो।

प्रकाशित मिति: : 2020-05-26 08:57:49

प्रतिकृया दिनुहोस्