खेलाडीको निम्ति छुट्याइएला र बजेट ?

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

सरकारले आउँदो वर्षका लागि बजेट प्रस्तुत गर्ने दिन आइसक्दा पनि खेल क्षेत्र भने खासै आशावादी हुन सकेको छैन । महामारीको बीचमा आउँदै गरेको बजेटको मुख्य लक्ष्‍य स्वास्थ्य, कृषि र शिक्षा हुने भनिएको छ । यस्तो अवस्थामा सधैँ उपेक्षामा पर्ने खेल क्षेत्र झनै उपेक्षामा पर्ने हो कि भन्‍ने चिन्तामा छन् खेलाडीहरू । 

यसै पनि कम हुने युवा तथा खेलकुद मन्त्रालयको बजेट चार शीर्षकमा विभाजन हुन्छ- युवा परिषद्, स्काउट, राष्‍ट्रिय खेलकुद परिषद्, मन्त्रालय र युवा स्वरोजगार कार्यक्रम। तथापी यसको ठूलो हिस्सा राष्‍ट्रिय खेलकुद परिषद्ले पाउने गर्छ। 

प्रकाशित मिति: : 2020-05-28 08:24:15

प्रतिकृया दिनुहोस्