पर्यटनमा १ अर्ब २६ करोड बजेट विनियोजन (भिडियो)

सरकारले पर्यटन क्षेत्रमा १ अर्ब २६ करोड बिनियोजन गरेको छ।

बिहिबार संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाले थिल्थिलिएको पर्यटन क्षेत्रका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।

यसका साथै एक प्रदेश एक पर्यटकीय गन्तव्यका लागि आवश्‍यक पूर्वाधारहरु व्‍यवस्थापन गरिनेछ भने मौलिक संस्कृतिको पनि विकास गरिनेछ। यसलाई पुनउत्थान गर्न कृषि जलयात्राका लागि हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरिनेछ।

एक प्रदेश एक पर्यटकीय अवधारणा अगाडि सार्दै उनले निजी क्षेत्रको समेत सहभागितामा नयाँ पर्यटकीय पूर्वाधार विकास गरिने बताए । 

साथै हवाई सेवा, होटल व्यवसाय, ट्रेकिङ, पर्वतारोहणमा कर छुट लगायतका व्यवस्था गरिने अर्थमन्त्री खतिवडाले बताए।

पर्यटन विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यत्ता अध्ययन गर्ने घोषणा गरेको अर्थमन्त्री खतिवडाले पर्यटकीय विकास कार्यक्रमलाई निरन्तरता दिइएको बताए । देशभरका सांस्कृति तथा ऐतिहासिक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने भन्दै उनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्रसेवक कर्मचारी, संगठित क्षेत्रका कर्मचारीलाई देशभर घुम्‍न प्रोत्साहन गरिने बताए ।

प्रकाशित मिति: : 2020-05-28 17:13:20

प्रतिकृया दिनुहोस्