अमेरिकामा अड्केका नेपाली स्वदेश फर्काउने प्रक्रिया सुरू

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

कोभिड १९ महामारीका कारण अमेरिकामा अड्केका नेपाली नागरिकलाई स्वदेश फर्काउने शुरूवाति सरकारी प्रक्रिया सुरू गरिएको छ। यही क्रममा वासिङ्टनस्थिति नेपाली दूताबासले विहीबार एक सूचना प्रकाशित गरी छिट्टै नेपाल फर्कने बाध्यतामा रहेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

अनुरोधमा दूताबासको कार्यक्षेत्रभित्र पर्ने भनेर नेपाली नागरिकलाई मात्र विवरण भर्न भनिएको छ। यसको अर्थ अमेरिकी नागरिक भैसकेका नेपाली 'ओरिजिन' का लाई विवरण नभर्न भनिएको हो। स्मरणीय रहोस्, अमेरिकामा अमेरिकी नागरिकता लिइसकेपछि पनि नेपाली नागरिककै हुलमा मिसिएर रोइलो मच्चाउने धेरै नेप्रिकाने छन्। 
यो लिंकमा गएर भर्नुहोस् विवरण 

दूताबासको वेभसाइटमा गएर सबै विवरणसहितको फर्म भरेपछि प्राथमिकतामा आधारमा नेपाल फर्काउने व्यवस्था मिलाइने दूताबासले जनाएको छ। यस प्रक्रियामा सामेल हुन चाहनेले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण पीसीआर, आरडीटी वा अन्यको प्रमाणपत्र साथमा पेश गर्नुपर्नेछ। 

कोभिड-१९ महामारीका कारण अमेरिकामा अड्केका नेपाली नागरिकलाई स्वदेश फर्काउने सरकारी प्रक्रिया सुरू गरिएको छ। यही क्रममा वासिङ्टनस्थिति नेपाली दूताबासले विहीबार एक सूचना प्रकाशित गरी छिट्टै नेपाल फर्कने बाध्यतामा रहेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

उनीहरूले नेपाल जान हवाइ भाडालगायतका खर्च आफैं तिर्नुपर्ने र नेपालमा पुगेपछि १४ दिनसम्म होटल-क्वारेन्टिनमा बस्ने भए त्यसको आवश्यक खर्चको पनि प्रवन्ध गर्नुपर्ने छ। तर, स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भए त्यहाँ बसेको खर्च नलाग्ने पनि जनाइएको छ। 

नेपाल सरकारको मन्त्रिपरिषदको जेठ १२ को निर्णय बमोजिम स्वीकृत कोभिड १९ विश्वब्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थीतिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७ बमोजिम दूतावासले पहल थालेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-05-29 09:19:33

प्रतिकृया दिनुहोस्