बिएल संवाददाता
रौतहटका दुई जना कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए।
उनका अनुसार रौतहटको इशानाथ गाउँपालिका जोकाहास्थित अनवारूल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका दुई व्यक्तिमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमा बसेकाहरूले आक्रमण गरेपछि तनाव उत्पन्न भएको डीआईजी सिहंले जानकारी दिए। उनीहरूले संक्रमितलाई लैजान नदिने बताएका थिए ।
'संक्रमितहरूलाई आइसोलेसनमा लग्न लाग्दा अवरोध गरे,'उनले भने,'उनीहरूले हाम्रो मान्छेलाई यतै राख्न पर्छ भनेर अवरोध गरेका हुन्। ढुंगामुढा गरेपछि हवाई फायर भएको छ, ' उनले भने।
सो क्वारेन्टाइनमा १५० सय जनालाई राखिएको छ। यसअघि १४ जनालाई बिहीबार साँझ लगिएको थियो। उनीहरू सबै भारतबाट फर्किए हुन्। अहिले अवस्था सामान्य भएको डीआईजी सिंहले बताए ।
यसअघि बाँकेको नरैनापुरमा पनि स्थानीयले संक्रमितलाई आइसोलेसनमा लैजान अवरोध गरेपछि सेना परिचालन गरिएको थियो। त्यहाँ निषेधाज्ञा जारी गरिएको छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया