दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र

देखापढी

काठमाडौँ

रामकुमार शाही

जाजरकोटको भेरी नगरपालिका-११, मटेलाकी लक्ष्मी सुनारले गएको ११ जेठ बिहानदेखि खाना खाएकी छैनन्। निद नपरेको त १० जेठ रातिबाटै हो।

उनलाई भोक र निद्रा लागोस् पनि कसरी !

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ‘विभत्स घटना’मा उनले छोरा गुमाइन्। उनका १९ वर्षीय छोरा लोकेन्द्रसँगै उक्त घटनामा भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, १९ वर्षीय सञ्जु बिक, १८ वर्षीय गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम सुनारले ज्यान गुमाए। भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।

भेरी नगरपालिकाका यी पाँचजनाको शव भेरी नदीमै भेटिएको हो। बेपत्ता गोविन्द पनि भेरी नदीमै हराइरहेका छन्। 

प्रकाशित मिति: : 2020-05-29 20:19:56

प्रतिकृया दिनुहोस्