लकडाउनले ‘लक’ रविनको कमब्याक, चोटमुक्त हुने अवसर पनि (भिडिओसहित)

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

शरीर मात्र हेर्ने हो भने त रविन श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमका जब्बर खेलाडी भन्दा पत्याउने कमै हुन्छन्। उनी औसतभन्दा पातलै छन्।

तर, जब मैदानमा छिर्छन् लेफ्ट-ब्याकमा रविनको प्रदर्शन जब्बर हुने गर्छ। तीव्र गति, आकर्षक क्रस र रक्षापंक्तिमा जब्बर स्वभावका रविनलाई उनको छरितो ज्यानले पनि उत्तिकै साथ दिएको छ।

त्यसैले त नेपालले खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा यो ‘पोजिसन’मा उनी एक नम्बरका रक्षक थिए। तर पछिल्लो समय उनको चर्चा कम सुनिन्छ। सुनियोस् पनि कसरी? उनी चोटका कारण लामो समय मैदान बाहिर बसे। एक पटक होइन दुई दुई पटक घुँडामा चोट बोकेपछि उनी झन्डै दुई वर्ष मैदानबाट टाढा हुन बाध्य भए।

लामो संघर्षपछि चोटलाई जितेका रविनले फागुनमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगबाट कमब्याक गरे। आफ्नो कमब्याकलाई दमदार बनाउने तरखरमा रहेका रविनलाई कोभिड-१९ महामारीले ‘ब्रेक’ लगाइदियो।  

प्रकाशित मिति: : 2020-05-31 07:57:02

प्रतिकृया दिनुहोस्