नारायण खड्का
सानो नाति बोकेर छोराबुहारी नै परदेश हिँडेपछि उनी कान्छा छोराको घर नबिग्रियोस् भनेर रूँघेर बसेकी थिइन्। पिलर उठाएर ढलान गर्न नसकेपछि टिनले छाएको घर उनले डेढ वर्ष स्याहारिन्। उनको बुढा साइँला छोरासँगै बसे।
सोमबारसम्म उनी छोरा बुहारी र हलक्क बढेको नातिलाई घरमा स्वागत गर्न आतुर थिएन।
तर मंगलबारसम्म उनका छोराबुहारी गाउँ आएनन् बरू गाउँभरिका मान्छे आए। अर्धमुर्छित अवस्थामा ७१ वर्षीया तिलसरी पुनलाई सम्झाउन थाले।
दाङको शान्तिनगर गाउँपालिका-३ पूर्णबहादुर पुन, उनकी श्रीमती सीता र छोरा हिमांशुको मृत्युले गाउँ नै शोकमा छ।
पूर्णबहादुरका काका तिलक पुनका अनुसार उनी वर्षदेखि काम गर्न भारत जान्थे। बिचबिचमा घर आउने-जाने चलिरहन्थ्यो।
पछिल्लो समय डेढ वर्षअघि उनी घर आएर चन्डिगढ गएका थिए।
केही महिनाअघि कोरोनाभाइरसको महामारी फैलियो। लकडाउन भयो। नाका बन्द भए, बूढा आमाबुवालाई कान्छा छोरासँग भेटै नहुने हो कि भन्ने पीर लाग्यो। बुवाले फोन गरेर भने- घर आइज, परदेशको ठाउँभन्दा त बरू आफ्नै गाउँमा केही गरी खालास्।
पूर्णबहादुरका दाजु भक्तबहादुर पुनले चन्डिगढबाट हिँड्नुअघि भाइले आफूसँग कुरा गरेको बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया