
बिएल संवाददाता
राप्रपा अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा विदेशीे चलखेल ठीक–बेठीक छुट्याउनै कठिन हुने गरी बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।बीआरआई, एमसीसीदेखि संघीयता र गणतन्त्र पनि त्यसैको उदाहरण भएको उनको दाबी छ ।
उनले नेपालको अवस्था फेरि पनि ००७ सालअघि र लगत्तै पछिको जस्तो राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्नसक्ने खतरा औँल्याउँदै नेता थापाले अहिले त्यसमाथि संकट आइपरेको आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिकको रुपमा सोच्नु जरुरी भइसकेको उनको भनाइ छ ।
‘नेपाली राजनीतिमा बिदेशी 'एसेट' को चलखेल यति व्यापक छ कि ठिक र बेठिक छुट्याउन पनि कठिन भएको छ। बीआरआई, एमसीसी, संविधान संसोधन, धर्मनिरपेक्षता, संघयता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्', अध्यक्ष थापाले लेखेका छन्, 'जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिकका रुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।'
'घुमिफिरी फेरि ०७ सालअघि र लगत्तैपछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ', यसअघि पटक–पटक परराष्ट्रमन्त्री भइसकेका थापाले आह्वान गरेका छन्, 'राजा महेन्द्र,राजा बीरेन्द्र,बिपी,टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ। समयमा सचेत बनौं।'
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया