बिएल संवाददाता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घटना भइरहनुलाई संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नै चुनौति भएको बताएका छन्।
मन्त्री ज्ञवालीले बुधबार छुवाछुतविरुद्धको राष्ट्रिय दिवसको अवसरमा ट्विटरमा उक्त कुरा लेखेका हुन्। उनले रुकुमको सोतीमा भएको हत्या घटनाले सामाजिक संरचना नै खोटपूर्ण देखाएको बताए।
‘हालै रुकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गम्भीर खोटहरू उजागर गरेको छ,’उनले लेखेका छन्,‘राजनीतिक रुपमा उच्च रहेको हाम्रो परिवर्तनको सामाजिक–सांस्कृतिक धरातल कमजोर छ भन्ने स्पष्ट पारेको छ।’
जेठ १० गते रुकुमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको भएको थियो।
छुवाछुत जस्तो मानवतामाथिको कलंकलाई कानूनी रुपमा मात्रै होइन व्यवहारमै निर्मूल गर्न पनि उनले आव्हान गरेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया