लकडाउनमा पनि किन सडकमा छन् काठमाडौंका रिक्साचालक ?

देखापढी

काठमाडौँ

क्षेत्रपाटीका ३६ वर्षीय विनोद मोक्तान लकडाउनको अघिल्लो डेढ महीना त कोठामै बसे। श्रीमती र दुई छोराछोरीसहित काठमाडौंमा बस्दै आएका उनी अचेल भने आफ्नो काममा फर्किएका छन्। काठमाडौंका सडकमा रिक्सा चलाउन थालेका छन्।

काममा नफर्किउन् पनि कसरी ? “डेढ महीना कोठामा बस्दा न कतैबाट राहत पाइयो, न त कोही दुई, चार हजार रूपैयाँ ऋण दिन तयार भयो।दिनदिनै भोकै बस्नुभन्दा रोग लागे लागोस् भनेर काममा निस्किएँ”, मोक्तान भन्छन्।

उनले रिक्सा चलाउने मूख्य थलो काठमाडौंको ठमेल क्षेत्र हो। बिहान ५ बजेदेखि राति ८ बजेसम्म रिक्सा चलाउँदा कहिले ४/५ सय कमाई हुन्छ। त्यही दिन उनको कोठामा खाना पाक्छ। उनले बाहिरबाट कमाएर एक पैसा पनि नल्याएको दिन भने पुरै परिवार कसले खाना बाँडिरहेछ भन्ने पत्ता लगाएर दौडिनुपर्छ।

प्रकाशित मिति: : 2020-06-03 12:37:34

प्रतिकृया दिनुहोस्