बिएल संवाददाता
मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न गाउँपालिकाले समिति गठन गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए। समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिइएको छ।
गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करीब रु चार करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए।
'आगलागीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री र भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो' उनले भने। सो भवनमा १८ कोठा छन्। त्यहाँ विद्युत् सेवा नभएकाले सौर्य ऊर्जाबाट काम हुँदै आएको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया