विलासी सरकारका 'अभिशप्त' नागरिक

नेपाल लाइभ

काठमाडौँ

केशवी जोशी

क्वारेन्टाइनको अभाव र त्यसको व्यवस्थापन गर्न नसक्ने निर्क्योलमा सरकार पुगिसकेको छ। स्वास्थ्य संकटकाल घोषणा गर्ने अवस्थामा सरकार पुगेको छ। यसले कोरोना नियन्त्रणभन्दा बाहिर जान लागेको हो कि भन्ने त्रास नागरिकमा पारेको छ। तर, सरकार अझै पनि विलासिताका वस्तु उपभोग गर्न लमतन्न छ। 

भेन्टिलेटर, पिपिई, स्यानिटाइजर, मास्क र ग्लोब्स अभावमा अस्पताल र स्वास्थकर्मी तड्पिरहेका छन्। यसको प्रत्यक्ष असर स्वास्थ्यकर्मी र बिरामीलाई नै पर्ने हो। क्वारेन्टाइनमा सुरक्षा दिने सुरक्षाकर्मी बिना सुरक्षा ड्युटीमा छन्। क्वारेन्टाइनमा ठाउँ नभएपछि खुला आकासमुनी बास छ। आइसोलेसन नभएपछि कोरोना संक्रमितलाई भैसीको गोठमा राखिएकाे छ। कोरोना संक्रमितको संख्या ३ हजार हाराहारीमा पुगिसक्यो र मर्नेको संख्या एक दर्जन पुगिसक्यो । जसकारण पनि नागरिक झन् तनावमा पिल्सिएका छन्। खाद्यान्न अभाव छ। सरकार भने आफ्नो वाहीवाही खोज्दै हिँडेको छ। बौलाउनु भन्दा मर्नु बेस भन्दै जनता कोरोनाको डर भन्दा पनि भोक डरले काममा निस्कन थालेका छन्। 

प्रकाशित मिति: : 2020-06-06 17:32:23

प्रतिकृया दिनुहोस्