एम्बुलेन्सकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु

कोसी राजमार्गको बुढीगंगा गोकुवा चोकमा एम्बुलेन्सको ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

 को २ च २८८२ नम्बर एम्बुलेन्सले साइकल चलाइरहेका सुनसरी बर्जु १४ का ४० वर्षीय मनोजकुमार माझीलाई ठक्कर दिएको थियो । 

सिकिस्त घाइते उनको उपचारका क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2020-06-06 19:35:31

प्रतिकृया दिनुहोस्