सेलिब्रेटीहरू हैरान छन् ‘फेक अकाउन्ट’ले

देखापढी

काठमाडौँ

सुनीता साखकर्मी

कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय छन्। सामाजिक सञ्जालमै दिने गरेको आफ्नो अभिव्यक्तिले उनलाई बेलाबेला चर्चामा ल्याउने गर्छ। सामाजिक सञ्जालमा चर्चा र विवाद दुवै कमाउँछन् उनी। दीपकको आफ्नै फेसबुक अकाउन्ट छ।

तर, फेसबुकमा सर्च गरियो भने उनको नाममा खोलिएका टन्नै ‘फेक अकाउन्ट’हरू भेटिन्छन्। दीपकका अनुसार ती अकाउन्टका कारण उनलाई कुनै असर परेको छैन। तर, एकपटक भने उनलाई उनकै नाम र तस्वीरमा खोलिएको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो। 

“मैले एसेप्ट गरेँ। अनि मेरो नाममा फेक अकाउन्ट किन खोलेको भनेर मेसेज गरे। तर, उल्टै त्यसले मलाई नै थर्कायो। उसको अकाउन्ट रियल र मेरो अकाउन्ट फेक हो भन्यो,” उनले भने, “मलाई त प्रहरीमा उजुरीसमेत गर्ने धम्की दियो।” 

प्रकाशित मिति: : 2020-06-06 20:54:50

प्रतिकृया दिनुहोस्