देशसञ्चार
काठमाडौँमा बस्न थालेको ६ वर्ष भयो। ६ वर्ष अगाडि श्रीमती जानदेवीको उपचारका लागि काठमाडौँ भित्रिएका थिए, उनी। जानदेवीको दुवै मृगौला फेल भएको र हप्तामा तीन पटक डाइलसिस गर्नु पर्ने भएपछि उनी फर्केर मुगु जान सकेनन्। र, काठमाडौँलाई नै कर्मथलो बनाए।
श्रीमतीको उपचारका लागि काठमाडौँलाई कर्मथलो बनाएका ४९ वर्षका जंग बुढालाई नौ दिन अगाडि मुगुबाट भाइको फोन आयो। आमा बित्नु भयो, ‘म यता आमाको कृया बस्छु। तपाई उतै गर्नुस्।’ उनलाई आपत् पर्यो। अब के गर्ने? मुगु जानलाई लकडाउन छ। जसरी पनि आमाको काजकिरिया गर्नु पर्छ। वनस्थलीमा उनी बहालमा बसिरहेका छन्।
जंगले आफ्नो समस्या घरबेटीलाई सुनाए। तर घरबेटीले उनलाई आफ्नो घरमा कृया बस्न नमिल्ने बताए। आमाको काजकिरिया बाहिर गरेर शुद्ध भएपछि मात्र आफ्नो घरमा बस्न सल्लाह दिए। उनी बिरामी श्रीमतीलाई छोडेर कोठा भन्दा टाढा जान सकेनन्। नजिकै बस्नका लागि उपयुक्त ठाउँ पनि फेला पारेनन्।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया